नेपालगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेशिन जडान « Khabarhub

नेपालगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर मेशिन जडान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा –कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पीसीआर) मेशिन जडान शुरु भएको छ ।

बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्त जडान गर्न शुरु गरिएको छ । यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ । भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमूना परीक्षण गर्न सक्नेछ ।

भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफै खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
चार सय एकान्तबासमा

बाँकेमा स्थानीय तहले सञ्चालन गरेका एकान्तवासमा चार सय जना भन्दा बढी निगरानीमा छन् ।

तीमध्ये अहिलेसम्म ३१ जनाको नमूना जाँच भएको छ भने २३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

आज नेपालगञ्ज आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले यसप्रति चासो देखाउँदै बाँके र बर्दिया जिल्लाका शङ्कास्पद विरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण यन्त्र जडानको काम द्रुतगतिमा गर्न निर्देशन दिए ।

राज्यमन्त्री रावतले नेपालगञ्जमा भेरी अस्पतालका निमित्त प्रमुख डा थापासँग कोरोना परीक्षण यन्त्र जडानको प्रक्रियावारे जानकारी लिँदै कुनै ढिलाइ नगर्न आग्रह गरे ।

अस्पताल प्रमुख डा थापाले आजदेखि नै भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान गर्ने प्रक्रिया अघि बढेको बताए ।

रगत अभाव नहुन दिन पहल

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा बिरामीलाई रगतको अभाव नदिन पहल गरिएको छ ।

बन्दाबन्दीका कारण बाँकेस्थित अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा सञ्जाल बाँकेले २४ सै घण्टा बिरामीलाई रगत उपलब्ध गराउने व्यवस्थाको शुरुआत गरेको छ ।

रगतका अभावमा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सञ्जालले सम्पर्क व्यक्ति तोकेर रगत सङ्कलनदेखि बिरामीलाई उपलब्ध गराउन सहजीकरण गर्दै आएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : ०६ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान