समस्यामा परेका कर्मचारी र कलाकारलाई मनोरञ्जनात्मक व्यावसायी संघले गर्‍यो साढे चार लाखको राहत सहयोग | Khabarhub Khabarhub

समस्यामा परेका कर्मचारी र कलाकारलाई मनोरञ्जनात्मक व्यावसायी संघले गर्‍यो साढे चार लाखको राहत सहयोग


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मनोरञ्जनात्मक व्यावसायी संघले आफ्नो क्षेत्राधिकारभित्रका मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने कर्मचारी तथा कलाकारलाई राहत सहयोग प्रदान गरेको छ ।

करिब ३ सय जनालाई साढे चार लाख रुपैयाँ बराबरको राहत वितरण गरेको संघका अध्यक्ष आशिष खड्काले जानकारी दिए ।

संघले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी र पेप्सीकोला क्षेत्रमा संघमा आबद्ध भएर काम गर्ने कलाकार र कर्मचारीलाई खाद्यान्न तथा अन्य समस्या भए संघमा सम्पर्क राख्न यसअघि नै आग्रह गरेको थियो ।

लकडाउनको समयमा समस्यामा परेका संघमा आबद्ध कर्मचारी र कलाकारलाई दाल, चामल, नुन, तेल र सावुनलगायतका सामान वितरण गरिएको थियो ।

सहयोगका लागि संघका अध्यक्ष आशिष खड्का, महासचिव सुजन श्रेष्ठ र दिनेश थापालगायत संघका पदाधिकारीले राहत वितरण गरेका थिए। छुटेका अन्य कर्मचारी र कलाकारलाई फेरि राहत वितरण गरिने अध्यक्ष खड्काले बताए।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि संघले सरकारको अभियानलाई साथ दिने पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ०३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास