काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।
यो समाचार तयार पार्दासम्म २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १११ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या पनि २ लाख नाघेको हो ।
१ लाख ७० हजार ६८१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया