रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

चार दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा बुधबार पनि १० हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ र मंगलबार १० हजार १०२ जना संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ६५ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ५३७ पुगेको छ ।

संक्रमितमध्ये २१ हजार ३२७ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४३ हजार ६५ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : २३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा