कोरोना भाइरस : खाडी मुलुकमा ७८ हजार संक्रमित, साउदी सबैभन्दा बढी प्रभावित « Khabarhub

कोरोना भाइरस : खाडी मुलुकमा ७८ हजार संक्रमित, साउदी सबैभन्दा बढी प्रभावित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४४१ जनाको मृत्यु भएको छ भने ७८ हजार ७७४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २०९ जनाको मृत्यु भएको छ । त्यहाँ ३१ हजार ९३८ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १५७ जनाको मृत्यु भएको छ भने १५ हजार ७३८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४२ जनाको मृत्यु भएको छ भने ६ हजार २८९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १३ जनाको मृत्यु भएको छ भने २ हजार ९०३ जना संक्रमित भएका छन् । कतारमा १२ जनाको मृत्यु भएको छ भने १७ हजार ९७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ९३४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ४६ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार