आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक भएको ट्रम्पको भनाई « Khabarhub

आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक भएको ट्रम्पको भनाई


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक देखिएको बताए।

उनले यावत खराब अवस्थाको जिम्मेवार चीन भएको समेत फेरि दोहोर्‍याएका छन् ।

‘चीनमा रहेको भाइरसको मुहानै रोकिनुपर्थ्यो तर त्यसो भएन’, ट्रम्पले भने, ‘म यो अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहाँसम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन।’

वुहानमा रहेको एक प्रयोगशालाबाट भाइरस फैलिएको भन्दै अमेरिकाले चीनमाथि छानविन गर्नुपर्ने पटक/पटक बताउदै आएको छ । चीनले भने उक्त आरोपहरुलाई पुष्टि गर्न चुनौती दिदै आएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका