के लकडाउनपछि नेपालमा महामारीका कथामा फिल्म बन्लान् ? « Khabarhub

के लकडाउनपछि नेपालमा महामारीका कथामा फिल्म बन्लान् ?


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका कैयन् मेकरले महामारीका कथामा फिल्म बनाएका छन् । हलिउडमा महामारीले विश्व नै तहसनहस पारेको कथामा हजारौं फिल्म निर्माण भएका छन् ।

नेपालमा भने महामारीका कथामा कुनै पनि फिल्म निर्माण गरिएका छैनन् । नेपालमा बन्ने प्रायः फिल्म एक गाउँको कथा वरिपरि सकिन्छन् या कुनै शहरको कुनै कथामा अल्झिएका हुन्छन् ।

महामारीको भविष्यवाणी गरेर बनेका फिल्म नेपालमा छैनन् । लकडाउनका बेला महामारीले विश्व ध्वस्त पारिएका कथामा बनेका फिल्म खोजीखोजी हेरिएका छन् ।

अहिलेको विश्व पनि महामारीले गर्दा लकडाउनमा छन् । लकडाउन र क्वारेन्टाइनका कथामा पनि विश्वभर फिल्म बनेका छन् । नेपाली मेकरले भविष्यलाई कल्पना गरेर कुनै फिल्म निर्माण नगरे पनि अहिलेको अवस्थालाई कथानक बनाएर फिल्म निर्माण सक्ने आँकलन गर्न सकिन्छ ।

हुन त यसअघि पनि देशमा भएका ठूला घटनाक्रमलाई फिल्ममा कैद गर्ने प्रयास कुनै मेकरले पनि गर्न सकेका छैनन् । राजनैतिक परिवर्तन होस् या २०७२ को महाविनाशकारी भूकम्प । यी कुनै पनि फिल्ममा कथानक बनाइएको छैन ।

अहिलेको अवस्थामा लकडाउनले फिल्म क्षेत्रलाई पूर्ण रुप प्रभाव पारेका कारण कोरोना भाइरसको कथामा पनि फिल्म बन्नेछ कि भन्ने अनुमान भने गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : ५२ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८