रुसमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको मृत्यु « Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको छ ।

विहीबार मात्र थप  ८८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ६२५ पुगेको हो । आजै ११ हजार २३१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७७ हजार १६० पुगेको छ ।

रुसमा कोरोना संक्रमित २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो समय रुस कोरोना भाइरसको महामारी तीव्र देखिएको छ । बुधवार १० हजार ५५९ जना संक्रमित थपिएका थिए भने बुधवार नै ८६ जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६५ हजार ३६६ जनाको मृत्यु भएको छ भने ३८ लाख ३६ हजार ८१७ जनालाई संक्रमण भएको छ । १३ लाख ८ हजार २०१ जना निको भएर घर फर्किएका छन् । विश्वमा कोरोना संक्रमितमध्ये ४८ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ५३ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने