लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा साइकल गस्ती « Khabarhub

लकडाउन प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा साइकल गस्ती


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा बन्दाबन्दी (लकडाउन) प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले साइकल गस्ती शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले आगामी जेठ ५ गतेसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेसंगै बन्दाबन्दी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले साइकल गस्ती शुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहुले जानकारी दिए ।

उनका अनुसार, सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले कञ्चनपुर जिल्लाभरी साइकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत दिइसकेको छ ।

कञ्चनपुरका सबै सीमा क्षेत्र, पुर्वपश्चिम राजमार्ग, वनजंगल क्षेत्र, ग्रामीण बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साइकल गस्ती गरेर बन्दाबन्दीको उलंघन कम गराउने र आपराधिक गतिविधि न्यूनीकरणमा समेत सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १२ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र