सीमामा खटिएका प्रहरीमाथि आक्रमण « Khabarhub

सीमामा खटिएका प्रहरीमाथि आक्रमण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ ।

गुलरिया–१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए ।

उनीहरूले चौधरीको बर्दीको पोशाकसमेत च्यातिदिएका छन् । कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ ।

भारतबाट सामान खरीद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ५० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान