जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख उपाधि नजिक « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख उपाधि नजिक


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।

साविक विजेता समेत रहेको बायर्नले शनिबार बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगाको उपाधि नजिक पुगेको हो ।

लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जीत निकालेको हो । बायर्नको जीतमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा लुकासको गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो । तर, २७ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा गोर्टेज्का र ४५ औं मिनेटमा सेर्गीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-१ गोल अन्तरले अघि रह्यो । खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो  । त्यसपछि खेलको ८९ औं मिनेटमा फ्लोरियन थप एक गोल फर्काएपनि घरेलु टिम ४-२ ले पराजित भयो ।

जीतसँगै बायर्नलाई अब उपाधि जीत्नका लागि २ जीतको आवश्यकता रहेको छ । बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा उसको अंक ७ अंकले बढी छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ६ : ३९ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी