अमेरिकामा आन्दोलन चर्कियो, बासिङ्टन डिसीमा हजारौँको प्रदर्शन « Khabarhub

अमेरिकामा आन्दोलन चर्कियो, बासिङ्टन डिसीमा हजारौँको प्रदर्शन


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत मे २५ मा मिनेशोटाको मिनियापोलसमा एक अश्वेत व्यक्तिको प्रहरी नियन्त्रणमा नै मृत्यु भएपछि अमेरिकामा जारी आन्दोलन अझै रोकिएको छैन ।

जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिलाई प्रहरीको यातनाले मृत्यु भएको आरोपपछि जारी आन्दोलन अमेरिकाको राजधानी वासिङ्गटन डिसीतर्फ केन्द्रित भएको छ ।

न्यूयोर्कमा भएको प्रदर्शन, तस्वीर : एपी ।

राजधानी वासिङ्टन डिसीमा मात्रै हजारौं मानिसले रंगभेद र प्रहरी यातनाको विरोधमा प्रदर्शन गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउस घेराबन्दी गर्न अगाडि बढेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोकेका छन् ।

सडकमै सुतेर विरोध जनाउँदै प्रदर्शनकारीहरू, तस्वीर : एपी ।

लगातार १२ दिनदेखि जारी प्रदर्शनमा आन्दोलनकारीहरू सडकमा सुत्ने देखि तोडफोडसम्मका गतिविधिमा सक्रिय भएका छन् ।

वासिङ्टनमा भएको प्रदर्शन, तस्वीर : एपी ।

फ्लोइडको गएको मे २५ मा स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेको र सो क्रममा उनले  ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा नहटाएको भिडियो सार्वजनिक भएपछि अमेरिकामा प्रदर्शन चर्किरहेको छ ।

सडकमा बसेर प्रदर्शन गर्दै, तस्वीर : एपी ।

फ्लोइडले न्याय पाउनुपर्ने तथा रंगभेद अन्त्यको मागसहित अमेरिकाबाहिर पनि प्रदर्शनहरू हुन थालेका छन् । बेलायत, अष्ट्रेलिया लगायतका मुलुकमा पनि प्रदर्शनहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ३९ बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे