सुदूरपश्चिमका दुई नाकाबाट एकै दिन ६ हजार बढी नेपाली भित्रिए « Khabarhub

सुदूरपश्चिमका दुई नाकाबाट एकै दिन ६ हजार बढी नेपाली भित्रिए


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो केही दिन यता भारतमा अलपत्र नेपाली स्वदेश फर्किने क्रम तीव्र छ । शनिबार मात्र सुदूरपश्चिमका दुई नाकाबाट ६ हजार बढी नेपाली भित्रिएका छन् ।

कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट ६ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५२४ भारतीय नागरिक समेत नेपालबाट बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९०६ नेपाली भित्रिएका थिए भने १९९ भारतीय नागरिक बाहिरीएका थिए ।

उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शुक्रबारको तुलनामा बढेको छ । उक्त नाका बाट शनिबार पाँच हजार ५९३ नेपाली नागरिक भित्रिएका छन भने ३२५ भारतीय नागरिक बाहिरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ०९ बजे

सातजना जुवाडे पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना