ट्रम्पसँग बाइडेन भिड्ने निश्चित « Khabarhub

ट्रम्पसँग बाइडेन भिड्ने निश्चित


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जो बाइडेन भिड्ने निश्चित भएको छ ।

आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको हो । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्ने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राति भएको हो । निर्णय भएपछि उनले भने, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उनले पार्टीको एकतासहित आफूहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफूलाई गौरब महसुस भएको पनि बताएका छन् । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् ।उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गरेका थिए । बाइडेनसँग अहिले एक हजार ९ सय ९५ जना डेलिगेडट्स रहेका छन् भने उनले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताएका छन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहेका थिए । उनी अहिले ७७ बर्षका भएका छन् । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ०८ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत