अमेरिकी नौसैनिक मानवीय कारणले रिहा गरेको इरानको प्रष्टोक्ति « Khabarhub

अमेरिकी नौसैनिक मानवीय कारणले रिहा गरेको इरानको प्रष्टोक्ति


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी नौसैनिकलाई स्वास्थ्यमा समस्या देखिएका कारण मानवीय कारणले रिहा गरेको इरानले प्रष्ट्याएको छ ।

इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले रिहाई गरेको जनाएको छ ।

इरानविरूद्ध जासुसी गरेको आरोपमा २ वर्ष पहिले इरानबाट पक्राउ गरिएका मिखाएल ह्वाइटलाई बिहीबार रिहा गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै इरानी वैज्ञानिक मजिद ताहेरीलाई रिहा गरेको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ह्वाइटको रिहाईपछि इरानले मानवीय समवेदनाका आधारमा इरानी बन्धकहरूलाई संयुक्त राज्य अमेरिका वा अन्य मुलुकमा जहाँ भए पनि रिहा गरेका घटनाको स्वागत गर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ११ : ०४ बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको