कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको गाउँ सिल « Khabarhub

कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको गाउँ सिल


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका-४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोभिड-१९ पुष्टि भएपछि उनी बस्ने महिमा टोल हिजो साँझदेखि प्रहरीले ‘सिल’ गरेको छ।

प्रहरीको टोली हिजो त्यस क्षेत्रमा गएर माइकिङ गरी ‘सिल’ गरिएको जानकारी गराएको थियो।

प्रहरी नआएको र चहलपहल पूर्ववत हुन थालेपछि ती महिलाको अन्तिम संस्कारमा मलामी गएकाहरूले नै तुलसी चोकमा बोर्ड नै राखेर आवागमन अवरुद्ध गरेका छन् ।

पुरै टोल ‘सिल’ गरिएपछि स्थानीय बासिन्दा त्रसित छन्। उनीहरू घरबाट निस्किन डराईरहेका छन्। पसलहरू बन्द छन्।

दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिसका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो।

मृत्युपछि स्वाव संकलन गरिएकी ती महिलाको त्यसैदिन अन्त्येष्टि गरियो। र, हिजो मात्र उनमा कोरोना संक्रमण पुष्‍टि भएको थियो।

संक्रमणको पुष्टि भएपछि मलामी गएका र शव बोक्ने व्यक्तिहरू आतंकित भएको स्थानीय विजय चौधरीले बताए।

मलामी गएका व्यक्तिहरुले जतिसक्दो चाँडो आफूहरूको कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : ०५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ