आजदेखि सुन पसल पनि खुले | Khabarhub Khabarhub

आजदेखि सुन पसल पनि खुले


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । लकडाउन लम्बिँदै जाँदा व्यापार व्यवसाय ठप्प हुँदा जनजीवन प्रभावित भएको भन्दै व्यवासयीले लकडाउन तोड्दै पसल खुलाएपछि सरकारले पनि लकडाउन खुकुलो बनाउने रणनीति लिएको छ ।

यसैबीच आइतबारदेखि सुन पसलहरु समेत खुलेका छन् । सरकारले विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे अनुसार सुनचाँदी व्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने महासंघले जनाएको छ।

सोही अनुरुप महासंघले आइतबारबाट सुन तथा चाँदीको भाउ समेत तोक्ने भएको छ। सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै देश नै लकडाउन गरेपश्चात महासंघले पनि गत साढे दुइ महिनादेखि सुन चाँदीको नयाँ भाउ सार्वजानिक गरेको छैन।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने सूचनाको लागि भन्दै जेठ १४ गतेदेखि नै सुनको नयाँ भाउ प्रकाशित गर्न थालेको थियो। तर महासंघले उक्त मूल्यलाई आधिकारीक मान्न नसकिने बताएको थियो। महासंघले गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ४०० रुपैयाँ तोकेको थियो।

सुनचाँदी व्यवसायी महासंघले यसअघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ तोकेको थियो भने चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो।

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ। अहिले अन्तरराष्ट्रिय बजारमा सुन प्रतिआउन्स १ हजार ६८३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघले यही मूल्यलाई आधार मानेर नेपालमा सुनको भाउ निर्धारण गर्नेछ। सरकारले आगामी आर्थिक वर्षकाे बजेटमार्फत सुन आयातमा २ हजार रुपैयाँले भन्सार दर बढाएको छ जसले गर्दा पनि सुनको भाउ थप बढेको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : १६ बजे

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय