जनता समाजवादीको विवाद मिलाउने जिम्मा शीर्ष तीन नेतालाई « Khabarhub

जनता समाजवादीको विवाद मिलाउने जिम्मा शीर्ष तीन नेतालाई


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) मा नेतृत्वमा भएके विवादसहित एकताका बाँकी काम मिलाउने जिम्मा शीर्ष ३ नेतालाई दिइएको छ ।

शनिबार तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।

तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा भएको छलफलमा दुवै पक्षले नेतृत्व र पदाधिकारीमा आ-आफ्नो अडान नछाडेपछि एकताका बाँकी  कामसमेत टुंग्याउने गरि नेता त्रयलाई जिम्मेवारी दिएको नेता डा.सुरेन्द्र झाले जनाकारी दिए ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुगे पनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा महन्त ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका विषयमा अन्य नेताले असहमति जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : २६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने