सदनमा व्यक्तिगत आरोप प्रत्यारोप नगरौं- सभामुख « Khabarhub

सदनमा व्यक्तिगत आरोप प्रत्यारोप नगरौं- सभामुख


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्योरोपतिर नजान ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले यही जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले सो आग्रह गरेका हुन् ।

सभामुखले सो विषयका बारेमा सबै विवरण लिई कार्यव्यवस्था समितिमा राखेर छलफल गरिने जनाउँदै त्यस सम्बन्धमा रुलिङ भइसकिएकाले प्रवेश नगर्न आग्रह गरे ।

सभामुख सापकोटाले वर्तमान संकटमा पनि सदन चलाएर राष्ट्रिय महत्वका विषयमा निष्कर्षतिर गइरहेका बेलामा व्यक्तिगत टीकाटिप्पणी र आरोपप्रत्योरोपतिर नजान अनुरोध गरे ।

सांसद चन्दा चौधरीले सदनमा हिन्दी भाषामा बोलेका आधारमा भारतीय चेली भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै संसद् नियमावलीमा नै आफूलाई सहज हुने भाषामा सदनमा बोल्न पाउने व्यवस्था रहेको बताएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : २३ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर