२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो « Khabarhub

२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर परिषद्को १०४औँ बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्रीसहित विभिन्न २८ वस्तुमा गुणस्तर र मापदण्ड तोकिएको जानकारी दिए ।

विभागले स्वास्थ्यकर्मीले लगाउने गाउन, कभर, अल ट्राउजर, कोट, सर्जिकल माक्स, ग्लोब्सलगायतका सामग्री रहेका छन् । स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकिएसँगै अब गुणस्तर परीक्षण गरेर स्वास्थ्य सामग्रीको उपयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको