राष्ट्रहित र आवश्यकताअनुरुप काम गर्छु : राजदूत पाण्डे « Khabarhub

राष्ट्रहित र आवश्यकताअनुरुप काम गर्छु : राजदूत पाण्डे


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवश्यकता अनुरुप काम गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफूले चीनमा रहँदा पनि सोही अनुरुप नै काम गर्ने बताए ।

उनले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको चाहना र भावनालाई सम्बोधन हुने गरी राखिने बताए ।

पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र