‘विप्लव’ समूहका नेता खत्री थुनामुक्त « Khabarhub

‘विप्लव’ समूहका नेता खत्री थुनामुक्त


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- सर्वोच्च अदालतको आदेशबमोजिम नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा थुनामुक्त भएका छन् ।

आयोगको केन्द्रीय कार्यालय हरिहर भवनबाट थुनामुक्त भएका हलेसी तुवाचुङ्ग नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई यही जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले खत्रीलाई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियोे ।

आदेशमा आयोग केन्द्रीय कार्यालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न भनिएको थियो । सोही अनुसार आयोगका सदस्य पौड्यालको रोहवरमा खत्री थुनामुक्त भएका थिए ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा आयोगले यही जेठ १६ गते २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

खत्रीको रिहाइ सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम सम्मानपूर्वक बाँच्न पाउने तथा वैयक्तिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारको प्रचलनका लागि आयोगलाई अनुगमन गर्नसमेत निर्देशन भएको हुँदा सो अनुरुप खत्रीको अधिकार संरक्षण गरी खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानूनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ०६ बजे

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ– प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको

नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको

रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का

कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि वडा सभापति हरिजनले छाडे रास्वपा

काठमाडौं- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ का वडा सभापति जीतबहादुर हरिजनले

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

महोत्तरी– मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख