स्पेनिस ला लिगा : लेभान्टे र रियल सोसिडाडको खेल बराबरी « Khabarhub

स्पेनिस ला लिगा : लेभान्टे र रियल सोसिडाडको खेल बराबरी


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा लेभान्टे र रियल सोसिडाडको खेल एक-एक गोलको बराबरीमा सकिएको छ ।

लेभान्टेको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १२औँ मिनेटमा इसाकको गोलमा रियलले अग्रता लिए पनि त्यो ४ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको १६औँ मिनेटमा लेभान्टेका मोरालिसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । बराबरीसँगै दुबै टोलीले एक-एक अंक बाडेका छन् ।

बराबरीपछि पनि रियल ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने लेभान्टे ४३ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ४७ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल