सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति, अनसन स्थगित « Khabarhub

सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति, अनसन स्थगित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा अभियान चलाइरहेका युवाहरुको अभियान ‘इनफ इज इनफ’ को अनसन स्थगित भएको छ ।

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान ‘इनफ इज इनफ’का सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् ।

सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ । होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति भएको छ ।

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने व्यवस्थाको कार्यविधि यसै हप्ता तयार गर्ने सहमति भएको छ ।

युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।

यस्तो छ सहमतिको पूर्ण विवरण

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ४२ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न