आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित « Khabarhub

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

यस जितपछि पञ्जाब ७ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ, भने राजस्थान रोयल्स ८ अङ्कसहित शीर्ष स्थानमा छ।

पञ्जाबले २२० रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान श्रेयस अय्यरले अविजित ६९ रनको उत्कृष्ट पारी खेले ।

न्यू चण्डीगढमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले २८ बलमा ७४ रन बनाए, जसमा ५ चौका र ८ छक्का समावेश थिए। उनले ट्राभिस हेडसँग मिलेर ५० बलमा १२० रनको शानदार सुरुआती साझेदारी गरे । पञ्जाबका बलर अर्शदीप सिंह र शशांक सिंहले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ओपनर प्रियंश आर्या र प्रभसिमरन सिंहले ९९ रनको बलियो साझेदारी गरे। आर्याले ५७ रन बनाए भने प्रभसिमरनले ५१ रन जोडे । त्यसपछि कप्तान अय्यरले टोलीलाई सहज जिततर्फ डोर्याए।

हैदराबादले भने सुरुआती ६ ओभरमा विकेट नगुमाई १०५ रन जोड्दै आक्रामक सुरुआत गरेको थियो, तर अन्त्यतिर पञ्जाबले उत्कृष्ट खेल देखाउँदै जित आफ्नो पक्षमा पार्न सफल भयो।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका