भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख नाघ्यो « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख नाघ्यो


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६६५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४६७ संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।”

मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५९ हजार ५५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरहेका छन् ।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ११ हजार ९८७ संक्रमित भएकामा ८७ हजार ६७७ अझ संक्रमित अवस्थामा नै रहेका छन् । महाराष्ट्रमा १ लाख १५ हजार २६२ जना निको भएका छन् । त्यसैगरी महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणको कारण ९ हजार २६ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख १४ हजार ९७८ जना संक्रमित रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । एक लाख ८२३ जनामा कोरोना भाइरस संक्रमण रहेको छन ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ ।

त्यस्तै भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : ३२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने