पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि « Khabarhub

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिए ।

डा. शर्माका अनुसार आत्महत्याको प्रयास गरेका ती युवकलाई असार २० गते पाटन अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. शर्माले खबरहबलाई बताए ।

‘हाम्रो अस्पतालमा आत्महत्या प्रयास गरेर गम्भीर भएका गोरखाका एक जना २७ वर्षका युवा भर्ना भएका थिए,’ डा शर्माले भने, ‘हिजो राति उनको मृत्यु भयो, कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : २८ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान