मास्क नलगाई हिँड्ने हजारभन्दा बढीलाई ट्राफिकले नियन्त्रणमा लिएर सम्झायो | Khabarhub Khabarhub

मास्क नलगाई हिँड्ने हजारभन्दा बढीलाई ट्राफिकले नियन्त्रणमा लिएर सम्झायो


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुनेगरी लकडाउन (बन्दाबन्दी) गर्‍यो । लकडाउनको समयमा अति आवश्यक पर्ने काममा बाहेक अरुलाई बाहिर ननिस्कन भनिएको थियो ।

अत्यावश्यक कामले बाहिर निस्कनेहरू पनि मास्क, पञ्जा, चश्मा बोकेर सावधानीका साथ हिँडेको भेटिन्थ्यो । लामो समय गरिएको लकडाउनका कारण जनजीवन पनि प्रभावित बन्दै गयो । जसका कारण सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो बनायो ।

लकडाउन खुकुलो भएसँगै राजधानीमा चहलपहल पनि बढेको छ । नेपालमा कोरोना संक्रमित थपिँदै गइरहेका बेला मास्क नलगाई हिँड्नेलाई सरकारले आज (मंगलबार) देखि कारबाही गर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म नेपालमा १५ हजार ९ सय ६४ जना कोरोना संक्रमित पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

विज्ञहरूले नेपालमा पनि कोरोना भाइरस समुदाय स्तरमै फैलिएको बताएका छन् । केही दिनयता काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्र काठमाडौं, ललितपुर र भक्तपुरमा ५४ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

कोरोना संक्रमित दिनदिनै थपिइरहेका बेला सर्वसाधारण भने विनामास्क घरबाहिर निस्किनेका गरेका छन् ।

कोरोना संक्रमणको जोखिम झन् बढ्दै गएपछि सरकारले सोमबार घरबाहिर निस्किनेका लागि मास्क अनिवार्य गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गर्दै मास्क नलगाई हिँड्ने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

सरकारको यो निर्णयपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मास्क नलगाईं हिँड्ने व्यक्तिलाई सिभिल प्रहरी र सवारीमा मास्क नलगाई यात्रा गर्नेलाई ट्राफिक प्रहरीले नियन्त्रण लिएको बताउँछन् ।

‘गृह मन्त्रालयबाट निर्देशन भएअनुसार सिभिल प्रहरीले मास्क नलगाई हिँड्ने मान्छेहरुलाई कारबाही गरिरहेको छ, यस्तै ट्राफिक प्रहरीले हिँड्ने मान्छे र गाडीमा हुनेहरुलाई पनि मास्क लगाएर हिँड्न आग्रह गरेको छ,’ एसएसपी ढकालले भने ।

ट्राफिक प्रहरीले चोकचोकमा अनिवार्य मास्क प्रयोग गर्न सचेतना जगाउने गरी प्लाकार्ड देखाएको पनि बताए । ‘सरकारले नै मास्क लगाउन निर्देशन दिएपछि त मान्छे आफैले पनि बुझेर लगाउनुपर्ने हो, अब बेवास्ता गर्नेलाई कारबाही गछौं,’ उनले थपे ।

एसएसपी ढकालले मंगलबार बिहान ११ बजेसम्ममा मास्क नलगाई हिँड्ने एक हजार ५१ जनालाई सचेत गराइएको खबरहबलाई बताए ।

‘सडकमा दुईपाङ्ग्रे सवारी साधानमा मास्क नलगाई हिँड्ने १ हजार ७१ जनालाई पहिलोपटक भनेर मास्क लगाउनु भनेर सम्झाइबुझाइ गरेर पठाइएको छ,’ उनले भने, ‘तर सम्झाइबुझाइ गर्दा पनि नियम नमानेमा संक्रामक रोग नियन्त्रण ऐन अनुसार एक सय रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुनसक्छ । अहिलेलाई सम्झाएर पठाइएको छ ।’

यस्तै लकडाउन उल्लंघन गर्ने, जोर–बिजोरको नियम नमान्ने र भाडाको सवारीसाधान सञ्चालन गर्ने १ हजार ११४ जनालाई कारबाही गरिएको उनले बताए ।

उनका अनुसार कारबाहीमा पर्नेमा दुईपांग्रे सवारीसाधन ७ सय ८४ वटा, भाडाका सवारी १ सय ७० र अन्य १६० जनालाई कारबाही गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ३४ बजे

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको