गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणमा प्राथमिकता « Khabarhub

गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणमा प्राथमिकता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (मंगलबार) बसेको सचिवस्तरीय बैठकले यस्तो  निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा कोरोना परीक्षण हुने प्रयोगशालाहरुलाई पत्राचार गर्दै गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राख्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै गर्भवती तथा सुत्केरी महिलाहरु समेत प्रभावित भएको भन्दै कोरोना परीक्षण गर्नुपर्ने गर्भवती तथा सुत्केरी महिलालाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको हो ।

गर्भवती तथा सुत्केरी महिलाको स्वाब संकलन गर्नुपर्ने भएमा उनीहरुलाई प्राथमिकतामा राखी स्वाब संकलन गरेपछि स्वाब रहेको भाँडोलाई रातो फित्ता, डोरी वा रिबनले बाँधेर सम्बन्धि प्रयोगशालामा पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : २१ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न