सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना पोजेटिभ « Khabarhub

सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना पोजेटिभ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०९ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जनाको नतिजा पोजेटिभ आएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु अछामका ६६ र ३० वर्षका २ जना महिला र १९,३० र ४० वर्षका ३ जना पुरुष गरी ५ जना छन् ।

त्यसै गरी कैलालीका ४ वर्षकी बालिका र २०,२५,२६, ३२, ३३ वर्षका ५ जना महिला छन् । यस्तै ९ वर्षका एकजना बालक र २०,२०,२४, २६, २७, २८, ३४, ३६, ३७ ३८ वर्षका १० जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ३ : ३५ बजे

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य