२४ घण्टामा ६८८ कोरोना संक्रमणमुक्त, हालसम्म ७ हजार ४९९ निको भए « Khabarhub

२४ घण्टामा ६८८ कोरोना संक्रमणमुक्त, हालसम्म ७ हजार ४९९ निको भए


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

मंगलबार विभिन्न प्रयोगशालबाट ६ हजार १ सय ३३ जनाको पिसिआर टेस्ट भएको छ।

हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : २५ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न