२४ घण्टामा ६८८ कोरोना संक्रमणमुक्त, हालसम्म ७ हजार ४९९ निको भए « Khabarhub

२४ घण्टामा ६८८ कोरोना संक्रमणमुक्त, हालसम्म ७ हजार ४९९ निको भए


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

मंगलबार विभिन्न प्रयोगशालबाट ६ हजार १ सय ३३ जनाको पिसिआर टेस्ट भएको छ।

हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : २५ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान