आज थपिए २०४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए २०४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मंगलबार थप २०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना, बैतडीका ११ जना, डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक-एक जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका एक-एक जना संक्रमित छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ३९ बजे

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग