आज थपिए २०४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) « Khabarhub

आज थपिए २०४ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मंगलबार थप २०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना, बैतडीका ११ जना, डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक-एक जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका एक-एक जना संक्रमित छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ३९ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः