आरडीटी परीक्षण पीसीआरको रिप्लेसमेन्ट पनि होइन : स्वास्थ्य मन्त्रालय « Khabarhub

आरडीटी परीक्षण पीसीआरको रिप्लेसमेन्ट पनि होइन : स्वास्थ्य मन्त्रालय


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण बन्द नै गर्न नमिल्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा आरडीटी परीक्षण बन्द नै हुन नसक्ने बताएका हुन् ।

‘आरडीटी पीसीआरको रिप्लेसमेन्ट पनि होइन र पीसीआरको रिप्लेसमेन्ट आरडीटी पनि होइन तर अब संक्रमण भएका मान्छेहरु धेरै भइसकेपछि हामीले आरडीटी परीक्षण गर्दै लगेका छौं,’ डा गौतमले भने, ‘तर यो जिरो चाँही बनाउन मिल्दैन,यो बिरामीको हितको लागि गरिएको हो ।’

नले संक्रमण भएको १५ दिनपछि संक्रमितको पीसीआरभन्दा आरडीटी परीक्षण गर्दा सहि नजिता आउने बताए ।

‘विभिन्न अनलाइन मिडियाहरुमा आरडीटी परीक्षण किन गरेको भन्ने प्रश्न उठेको छ, त्यसमा म दुईलाइनमा प्रष्ट पार्न चाहन्छु,’ डा गौतमले भने, ‘आरटीडीले भाइरस हेर्ने हो, यसले इन्फेन्सन भएको ४,५ दिनदेखि ९,१० दिनसम्मको एक्युरीसी देखाउँछ । इन्फेक्सन भएको १५ दिन पछाडी पीसीआरले भाइरस पहिचान गर्दैन, र इन्फेक्सन भएका मान्छेहरुमा पनि रिपोर्ट नेगेटिभ देखाउन सक्छ, त्यस्तो अवस्थामा आरडीटी टेष्ट गरिन्छ ।’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ३१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान