कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन सक्छ, सचेत बनौं : निर्देशक पाण्डे « Khabarhub

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन सक्छ, सचेत बनौं : निर्देशक पाण्डे


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलने जोखिम अधिक रहे पनि हालसम्म नफैलिएको जनाएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले छिट्फुट रुपमा देखिए पनि समुदायमा कोरोना नफैलिएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा उनले भने, “यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपर्थ्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा देखिएको भए पनि क्वारेन्टिनमा बसेको व्यक्तिसँग कुनै न कुनै प्रकारको ‘लिङ्क’ भएको पाइएको छ ।”

उनले कोरोना भाइरस समुदायमा आउन सक्ने भएको हुँदा सावधानी अपनाउनुपर्ने बताए ।

समुदायस्तरमा कोरोना फैलिएको छ/छैन भन्नेमा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले अधिकांश सङ्क्रमित विदेशबाट आएको व्यक्ति भएको बताए ।

“अहिलेसम्म ८७ प्रतिशत सङ्क्रमित पुरुष छन् । उहाँहरु पनि १५ देखि ५४ वर्ष सम्मका हुनुहुन्छ । उहाँहरु श्रम गर्न अन्य देश जानुभएको थियो । विदेशमा श्रम गर्न जाँदा उहाँहरुमा कोरोना सङ्क्रमण भएको हो”, निर्देशक पाण्डेले भने ।

काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै उनले सङ्क्रमितको स्रोत पत्ता लगाउने गरी खोजपड्ताल भइरहेको बताए ।

“सङ्क्रमितले आफ्नो ठेगाना काठमाडौँ राखेको महाशाखाको रेकर्डमा छ । त्यसमध्ये १७५ काठमाडौँका, ४१ ललितपुर र ४३ जना भक्तपुरका हुनुहुन्छ, यीमध्ये ७९ जना विदेशबाट उद्धार गरी ल्याइएका हुनुहुन्छ”, उनले भने ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ०३ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान