चेम्बरको टोली र चीनका लागि नवनियुक्त राजदूत पाण्डेबीच भेटवार्ता « Khabarhub

चेम्बरको टोली र चीनका लागि नवनियुक्त राजदूत पाण्डेबीच भेटवार्ता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएको छ।

मंगलबार चेम्बरको टोली र राजदूत पाण्डेबीच भेटघाट भएको हो।

भेटमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात गर्दा हुने जटिलता सरलीकरण गरी निर्बाध रुपले दुवै नाका संचालन गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए।

चीनले ८ हजारभन्दा बढी नेपाली उत्पादनको आयातमा शून्य भन्सार महसुल दरमा प्रवेश सुविधा प्रदान गरेको तर यस्तो सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान छ। सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले मूल्य अभिवृद्धिको अनुपात कम गर्न समेत पहल गर्न पाण्डेसमक्ष आग्रह गरेका थिए।

अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तु निर्यातको सम्भावना भएकोले ती वस्तु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे।

नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्द्धन गर्न आग्रह गरेका थिए।

राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भीरतापूर्वक मनन गरी सहजिकरणका लागि सक्दो प्रयास गर्ने बताएका थिए। चेम्बरको टोलीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरलगायत पदाधिकारीको थिए।

 

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : २३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह