बन्दाबन्दीमा निजी विद्यालयले शुल्क मागेको भन्दै विरोध | Khabarhub Khabarhub

बन्दाबन्दीमा निजी विद्यालयले शुल्क मागेको भन्दै विरोध


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् ।

लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको र त्यसबाट अभिभावक पनि अछूतो नरहेको उनीहरुको भनाइ छ ।

मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालले बन्दाबन्दीको समयमा पनि अभिभावकसँग निजी विद्यालयले शुल्क असुल्न खोज्नु जायज नहुने उल्लेख गर्दै त्यसका विरुद्ध सम्बन्धित सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

उनले भने, “कोभिड–१९ को कारणले हरेक क्षेत्रलाई समस्या परेको छ, तर निजी विद्यालयले शुल्क तिर्न अभिभावकलाई दिएको दबाब हेर्दा सामान्य जीवन चलाउने अभिभावकलाई असर नै परेको छैन भन्ने बुझाइ देखियो, त्यही भएर शुल्क मागियो, यो गलत छ, राज्यले समेत अभिभावक समस्यामा छन् भन्ने बिर्सियो ।”

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले बन्दाबन्दीका कारण ज्यालादारीलगायत सबै क्षेत्रका मान्छेहरु बेरोजगार भएको अवस्थामा निजी विद्यालयले शुल्क उठाउनु उचित नहुने बताए । उनले भने, “माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरिने कुरा संविधानमै लेखिएको छ, संविधान कार्यान्वयन हुनुपर्छ, तर शिक्षाको नाममा हाम्रो देशमा ठूलो व्यापार भएको छ । राज्यले खर्बौंको लगानी शिक्षामा गरेको छ । तर यो लगानी खेर गएको छ ।”

शिक्षा अभियानका संयोजक ज्ञानेन्द्र शाहीले लकडाउनको बेलामा मारमा परेका अभिभावकको ढाड सेक्ने गरी शुल्क तिर्न दबाब दिइनु अन्यायपूर्ण कदम भएको बताए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ४८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले