कतारबाट ९० जना नेपालीलाई डिपोर्ट | Khabarhub Khabarhub

कतारबाट ९० जना नेपालीलाई डिपोर्ट



दोहा – विभिन्न अभियोगमा बन्दी जीवन विताएका व्यक्तिसहित ९० जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ ।

कानून उल्लघंनको गरेको अभियोगमा विभिन्न समयमा पक्राउ गरी  फिर्ती केन्द्रमा राखिएका उनीहरूलाई नेपाल डिपोर्ट गरिएको हो ।

कोरोनाको कारण देखाउदै कतारले आममाफी दिएका तथा बन्दी जीवन बिताएका नेपालीहरुलाई यसअघि पनि कतारले डिपोर्ट गरेको थियो ।

कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका ९० जनासहित २५१ नेपालीलाई लिएर कतार एयरलाइन्सको जहाज दोहाबाट काठमाडौँका लागि उडेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

यसअघि कतार एयरलाइन्सको पहिलो उडानमार्फद आममाफी पाएका ४३ जना, दोस्रो उडानमार्फत १६१ जना तथा तेस्रो उडानबाट १४० जनालाई डिपोर्ट गरिसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’