भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता | Khabarhub Khabarhub

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ ।

वार्ताका क्रममा अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्काेलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले सो वार्तापछि भने– भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

उनले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिए । अफगानिस्तानको सरकार र त्यहाँ हिंसा जारी राखेका तालिबान सशस्त्र विद्रोहीहरुबीच गत फेब्रुअरी २९ मा शान्ति वार्ताका लागि एक सम्झौता भएको थियो ।

कतारको राजधानी दोहामा भएको भनिएको त्यस सम्झौताको नेतृत्व अमेरिकाले गरेको थियो । त्यस शान्ति सम्झौताअनुरुप अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो ।

अमेरिकाले पनि आफ्ना केही सेना फिर्ता गरिसकेको छ । त्यस्तै उता तालिबानका तर्फबाट पनि उनीहरुले गरेको माग बमोजिम अफगानिस्तानको सरकारले सरकारको थुनामा रहेका तालिबानका केही लडाकूहरुलाई रिहा गरिरहेको जनाएको छ ।

वार्ताको वातावरण बनेको बताइएको छ । तर, वार्ता कहिलेबाट शुरु हुने हो भन्ने बारेमा भने केही स्पष्ट भएको छैन । गत हप्ता बकर इदको समयमा तालिबानहरुले अफगानिस्तानभरी युद्ध विराम गरेको घोषणा गरेको थियो ।

तालिबानको त्यस युद्ध विरामको अमेरिका र अफगानिस्तानको सरकारले पनि स्वागत गरेका थिए । पछिल्लो समयमा तालिबान र अफगानिस्तानको सरकारका बीचमा शान्ति वार्ताका लागि वातावरण बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ४१ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर