भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता « Khabarhub

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ ।

वार्ताका क्रममा अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्काेलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले सो वार्तापछि भने– भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

उनले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिए । अफगानिस्तानको सरकार र त्यहाँ हिंसा जारी राखेका तालिबान सशस्त्र विद्रोहीहरुबीच गत फेब्रुअरी २९ मा शान्ति वार्ताका लागि एक सम्झौता भएको थियो ।

कतारको राजधानी दोहामा भएको भनिएको त्यस सम्झौताको नेतृत्व अमेरिकाले गरेको थियो । त्यस शान्ति सम्झौताअनुरुप अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो ।

अमेरिकाले पनि आफ्ना केही सेना फिर्ता गरिसकेको छ । त्यस्तै उता तालिबानका तर्फबाट पनि उनीहरुले गरेको माग बमोजिम अफगानिस्तानको सरकारले सरकारको थुनामा रहेका तालिबानका केही लडाकूहरुलाई रिहा गरिरहेको जनाएको छ ।

वार्ताको वातावरण बनेको बताइएको छ । तर, वार्ता कहिलेबाट शुरु हुने हो भन्ने बारेमा भने केही स्पष्ट भएको छैन । गत हप्ता बकर इदको समयमा तालिबानहरुले अफगानिस्तानभरी युद्ध विराम गरेको घोषणा गरेको थियो ।

तालिबानको त्यस युद्ध विरामको अमेरिका र अफगानिस्तानको सरकारले पनि स्वागत गरेका थिए । पछिल्लो समयमा तालिबान र अफगानिस्तानको सरकारका बीचमा शान्ति वार्ताका लागि वातावरण बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ४१ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको