लकडाउन अवधिमा सुदूरपश्चिममा बलात्कारका ९० घटना « Khabarhub

लकडाउन अवधिमा सुदूरपश्चिममा बलात्कारका ९० घटना


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता साउन १९ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा ९० जना महिला बलात्कृत भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार लकडाउन चैतमा १४, वैशाखमा १५, जेठमा २३, असारमा २५ र साउनमा १३ जना महिला बलात्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लकडाउन अवधिमा कैलालीमा सबैभन्दा बढी ४८ जना, कञ्चनपुरमा १८, बाजुरामा ८, दार्चुलामा ४, अछाममा ४, बैतडीमा ३, डडेल्धुरामा २, बझाङमा २ र डोटीमा एक महिलामाथि बलात्कारका घटना भएका छन् ।

इन्टरनेटमा सहज पहुँच तथा इन्टरनेटको दुरुपयोग, बेरोजगारी, विदेशी संस्कृतिको प्रभावजस्ता कारणले महिला बलात्कारका अपराध बढेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता मुकेश सिंहको भनाइ छ ।

यसको रोकथामका लागि प्रहरीले महिलामैत्री सेवा दिनुका साथै विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको प्रवत्ता सिंहले बताए ।

करणी उद्योगका ३३ घटना

प्रदेशमा लकडाउनको अवधिमा जबरजस्ती करणी उद्योगका ३३ घटना भएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरीको तथ्याङ्कअनुसार चैतमा ४, वैशाखमा ६, जेठमा ५, असारमा १२ र साउनमा ६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।

सबै भन्दा बढी कैलालीमा १५, कञ्चनपुरमा ७, डडेल्धुरामा ४, बैतडीमा २, दार्चुलामा एक, डोटीमा एक, अछाममा २ र बाजुरामा एउटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । बझाङमा भने करणी उद्योगको घटना भएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने