लकडाउन अवधिमा सुदूरपश्चिममा बलात्कारका ९० घटना « Khabarhub

लकडाउन अवधिमा सुदूरपश्चिममा बलात्कारका ९० घटना


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता साउन १९ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा ९० जना महिला बलात्कृत भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार लकडाउन चैतमा १४, वैशाखमा १५, जेठमा २३, असारमा २५ र साउनमा १३ जना महिला बलात्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लकडाउन अवधिमा कैलालीमा सबैभन्दा बढी ४८ जना, कञ्चनपुरमा १८, बाजुरामा ८, दार्चुलामा ४, अछाममा ४, बैतडीमा ३, डडेल्धुरामा २, बझाङमा २ र डोटीमा एक महिलामाथि बलात्कारका घटना भएका छन् ।

इन्टरनेटमा सहज पहुँच तथा इन्टरनेटको दुरुपयोग, बेरोजगारी, विदेशी संस्कृतिको प्रभावजस्ता कारणले महिला बलात्कारका अपराध बढेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता मुकेश सिंहको भनाइ छ ।

यसको रोकथामका लागि प्रहरीले महिलामैत्री सेवा दिनुका साथै विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको प्रवत्ता सिंहले बताए ।

करणी उद्योगका ३३ घटना

प्रदेशमा लकडाउनको अवधिमा जबरजस्ती करणी उद्योगका ३३ घटना भएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरीको तथ्याङ्कअनुसार चैतमा ४, वैशाखमा ६, जेठमा ५, असारमा १२ र साउनमा ६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।

सबै भन्दा बढी कैलालीमा १५, कञ्चनपुरमा ७, डडेल्धुरामा ४, बैतडीमा २, दार्चुलामा एक, डोटीमा एक, अछाममा २ र बाजुरामा एउटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । बझाङमा भने करणी उद्योगको घटना भएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २३ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले