नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो ।

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

विहीबारसम्म निको हुनेको संख्या १५ हजार ३८९ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

हालसम्म ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय सीमा क्षेत्रमा कोरोनाकाे संक्रमण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : २९ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका