नाइजेरियामा बन्दुक आक्रमण, कम्तीमा २१ को मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा बन्दुक आक्रमण, कम्तीमा २१ को मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लागोस – उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ । तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

बिहीबार राति बिहानीपखबाट शुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताउनु भएको छ ।

मोहमदले सिन्ह्वा समाचार समितिलाई यस घटनाको पुष्टि गर्नुभएको छ । नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ । प्रवक्ताका अनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन ।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास