रियाको फोन डिटेल, सुशान्तको आत्महत्यापछि ४ पटक बान्द्रा डीसीपीसँग भएको थियो कुराकानी « Khabarhub

रियाको फोन डिटेल, सुशान्तको आत्महत्यापछि ४ पटक बान्द्रा डीसीपीसँग भएको थियो कुराकानी


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि यसबारेमा अनुसन्धान चलिरहेको छ । उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखिएको छ ।

हालै प्रहरीले रियाको फोन डिटेल निकालेको छ । उक्त डिटेलमा सुशान्तको मृत्युपछि चारपटक रिया बान्द्रा प्रहरीका डीसीपीको सम्पर्कमा आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार बान्द्रा डीसीपी अभिषेक त्रिमुखेका बीच चारपटक फोनमा कुरा भएको थियो । एकपटक म्यासेजका माध्यमबाट पनि सम्पर्क भएको थियो ।

फोन रेकर्डअनुसार रियाले डीसीपीलाई ३ पटक फोन गरेकी थिइन् भने डीसीपीले एकपटक रियालाई फोन गरेका थिए ।

उक्त समयमा मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने कोशिश गर्दै कैयन् मेकर, उनका नजिकका साथी र स्टाफसँग सोधपुछ गरिरहेको थियो ।

केही समयअघि पनि रियाले बिहार प्रहरीमा परेको उजुरी मुम्बई प्रहरीमा ट्रान्सफर गर्न भन्दै याचिका दायर गरेकी थिइन् । यता सुशान्तका वकिलले पनि रियालाई मुम्बई प्रहरीले समर्थन गरेको आरोप लगाएका थिए ।

डीसीपीसँग कुरा भएको पाइएपछि यो मुद्दालाई थप शंकास्पद रुपमा हेरिएको छ ।

रियासहित ६ जनाविरुद्ध एफआईआर दर्ता गरेर सीबीआईले पनि उक्त घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ०९ बजे

ला लिगा : ओसासुनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

पहिलो क्वालिफायरमा सन्दीप र दीपेन्द्रको भिडन्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय