रियाको फोन डिटेल, सुशान्तको आत्महत्यापछि ४ पटक बान्द्रा डीसीपीसँग भएको थियो कुराकानी « Khabarhub

रियाको फोन डिटेल, सुशान्तको आत्महत्यापछि ४ पटक बान्द्रा डीसीपीसँग भएको थियो कुराकानी


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि यसबारेमा अनुसन्धान चलिरहेको छ । उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखिएको छ ।

हालै प्रहरीले रियाको फोन डिटेल निकालेको छ । उक्त डिटेलमा सुशान्तको मृत्युपछि चारपटक रिया बान्द्रा प्रहरीका डीसीपीको सम्पर्कमा आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार बान्द्रा डीसीपी अभिषेक त्रिमुखेका बीच चारपटक फोनमा कुरा भएको थियो । एकपटक म्यासेजका माध्यमबाट पनि सम्पर्क भएको थियो ।

फोन रेकर्डअनुसार रियाले डीसीपीलाई ३ पटक फोन गरेकी थिइन् भने डीसीपीले एकपटक रियालाई फोन गरेका थिए ।

उक्त समयमा मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने कोशिश गर्दै कैयन् मेकर, उनका नजिकका साथी र स्टाफसँग सोधपुछ गरिरहेको थियो ।

केही समयअघि पनि रियाले बिहार प्रहरीमा परेको उजुरी मुम्बई प्रहरीमा ट्रान्सफर गर्न भन्दै याचिका दायर गरेकी थिइन् । यता सुशान्तका वकिलले पनि रियालाई मुम्बई प्रहरीले समर्थन गरेको आरोप लगाएका थिए ।

डीसीपीसँग कुरा भएको पाइएपछि यो मुद्दालाई थप शंकास्पद रुपमा हेरिएको छ ।

रियासहित ६ जनाविरुद्ध एफआईआर दर्ता गरेर सीबीआईले पनि उक्त घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र