६६ कोरोना संक्रमित आईसीयूमा उपचाररत : डा. गौतम « Khabarhub

६६ कोरोना संक्रमित आईसीयूमा उपचाररत : डा. गौतम


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत बिहीबार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचारत रहेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार ती मध्ये ३ जना भेन्टिलेटरमा छन् ।

डा गौतमका अनुसार नेपालमा आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १०६ जना मात्र काठमाडौं उपत्यका छन् । यस्तै पर्सामा १३४ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हालसम्म २२ हजार २१४ जनामाकोरोना पुष्टि भएको छ । ती मध्ये ७० जनाको मृत्यु भएको छ भने ६ हजार ३३० जना आइसोलेसनमा उपचारत छन् ।

हालसम्म १५ हजारर ८१४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

डा गौतमका अनुसार नेपालमा हाल लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

उनले ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठीनाइ हुने, गन्दहराउने, स्वाद थाहा नपाउने तथा झाडापखाला हुने  लगायतका लक्षण कोरोना संक्रमितमा देखिने गरेको जानकारी दिए ।

डा गौतमले यी ६ प्रकारका लक्षणहरु देखिएमा कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

डा गौतमले हाल देशभरका ३२ वटा सरकारी र ६ वटा निजी प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्न सकिने व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ०५ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका