म कुनै गुटमा छैन : उपाध्यक्ष गौतम « Khabarhub

म कुनै गुटमा छैन : उपाध्यक्ष गौतम


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत बताएका छन्। उनले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको बताएका हुन् ।

“अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्‍न ।”

उनले ओली र प्रचण्डले भेट्न बोलाउँदा जाने गरेको तथा सल्लाह–सुझाव र राय दिने गरेको जनाएका छन् । आफ्नो ६ बुँदे प्रस्तावलाई मध्यमार्गी धाराका रूपमा व्याख्या समेत गरेका छन् ।

‘पार्टी अध्यक्ष’ भनेको केबल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था रहेको भन्दै उनले त्यसैकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा भेट्ने गरेको उल्लेख गरेका छन्।

यसैबीच, नेता गौतमले सुशील भट्टराईलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय आफ्नो सुझाव–सिफारिसमा नभएको समेत स्पष्ट पारेका छन् ।

“सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,” उनले भनेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४७ बजे

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२