भारतको केरलामा भीषण पहिरो : १५ को मृत्यु, ६० बेपत्ता « Khabarhub

भारतको केरलामा भीषण पहिरो : १५ को मृत्यु, ६० बेपत्ता


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको केरला इडुक्की जिल्लामा भीषण पहिरो गएको छ । सो पहिरोमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।

पहिरोमा पुरिएर थप ६० जना बेपत्ता छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५० जनाको उद्धार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको जनाइएको छ । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको जनाइएको छ ।

बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा टोली खटिएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली खटिएको छ ।

अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ५५ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि