भारतको केरलामा अवतरणका क्रममा एयर इण्डियाको विमान दुर्घटना | Khabarhub Khabarhub

भारतको केरलामा अवतरणका क्रममा एयर इण्डियाको विमान दुर्घटना


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ।

एयर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटनामा भएको हो।

उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

क्षतिको विवरण भने आइसकेको छैन। केही घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ। दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने नभएको बीबीसी हिन्दीले जनाएको छ ।

घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ५२ बजे

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना