आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता « Khabarhub

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था र पुनःस्थापनाका लागि अब गर्न सकिने कामबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यसहित १७ जना सांसद सहभागी थिए। आचार्यबाहेक अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेको बताइएको छ।

दिउँसो १२ बजेदेखि सवा २ बजेसम्म चलेको छलफलमा बाढी तथा पहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम र आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूले विपद्पछिको पुनःनिर्माण तथा पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन सकिने उपायबारे प्रधानमन्त्रीसमक्ष सुझाव राखेका थिए।

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

बैठकले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने चारवटै प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

१५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र
नेपाली कांग्रेसको देउवा समूहले बिहीबारदेखि सुरु हुने १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ ।

पूर्वसभापति शेरबहादुर देउवाले बुधबार सभापतिकै हैसियतमा आयोगलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी जानकारी गराएका हुन् ।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानअनुसार १५औँ महाधिवेशन गर्न लागिएको उल्लेख छ । पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषय पनि पत्रमा समेटिएको छ ।

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु
कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए ।

‘हामी पनि पुलस्थलमा आउदैछौँ’, जोशीले भने, ‘अध्ययन टोलीले विस्तृतमा अनुगमन गर्दै जान्छ ।’

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब छ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा–चाँदनी पुग्दैछ । मुख्यमन्त्री भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहेको छ ।

त्यसैगरी, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

अझै निकाल्न नसकिएको राइनो क्रुज

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका लागि निशस्त्रीकरणको प्रयासलाई तीव्र बनाउन तथा वार्तामा फर्कन आणविक हतियार भएका राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आणविक निशस्त्रीकरण कुनै राजनीतिक विकल्प नभई अन्तर्राष्ट्रिय सन्धिअन्तर्गतको कानुनी दायित्व भएको बताए।

आणविक हतियार भएका राष्ट्रहरूले हतियारको प्रयोग रोक्ने तथा नयाँ आणविक हतियारको दौड नियन्त्रण गर्ने प्रयासका लागि वार्तामा फर्कनुपर्नेमा उनले जोड दिए। दशकौँदेखि स्थापित हतियार नियन्त्रणको प्रक्रियालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो























प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : ०१ बजे

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,