सीपीएल खेल्न गएका सन्दीपको कारोना रिपोर्ट नेगेटिभ « Khabarhub

सीपीएल खेल्न गएका सन्दीपको कारोना रिपोर्ट नेगेटिभ


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ।

सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर परीक्षण गरिएको थियो। उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन्। उनी लगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनमा राखिएको छ। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो।

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ। त्यसअघि पुनःसन्दीपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए।

सीपीएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका थिए।

नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए। त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो।

सन्दीपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ। उनले तेस्रो पटक सीपीएल खेल्दै छन्।

यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सीपीएल खेलेका थिए। यस वर्षको सीपीएलका लागि सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २६ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित