सीपीएल खेल्न गएका सन्दीपको कारोना रिपोर्ट नेगेटिभ « Khabarhub

सीपीएल खेल्न गएका सन्दीपको कारोना रिपोर्ट नेगेटिभ


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ।

सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर परीक्षण गरिएको थियो। उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन्। उनी लगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनमा राखिएको छ। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो।

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ। त्यसअघि पुनःसन्दीपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए।

सीपीएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका थिए।

नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए। त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो।

सन्दीपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ। उनले तेस्रो पटक सीपीएल खेल्दै छन्।

यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सीपीएल खेलेका थिए। यस वर्षको सीपीएलका लागि सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २६ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका